कोशी सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश

हिमाल प्रेस ७ भदौ २०८० १८:२३
30
SHARES
कोशी सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश सर्वोच्च अदालत

काठमाडौँ- नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने केही पनि निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले थापा नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णयहरू नगर्न आदेश दिएको हो।

नेकपा एमालेका संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले थापाले भदौ ४ गते विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक भन्दै रिट दायर गरेका थिए।

भदौ ४ गते कोशी प्रदेशसभाको अध्यक्षता (त्यस दिन सहभागीमध्ये जेष्ठ सदस्य) गरिरहेका इस्राइल मन्सुरीले समेत थापालाई विश्वासको मत दिएपछि एमालेले रिट दिएको थियो।

प्रदेशसभाको अध्यक्षता गरिरहेका व्यक्तिले संविधानअनुसार विश्वासको मत हाल्न नपाउने एमालेको भनाइ छ। अब यस मुद्दाको पूर्ण सुनुवाइ भदौ १५ गतेलाई पेसी तोक्न भनिएको छ।

प्रकाशित: ७ भदौ २०८० १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 11 =