देशका विभिन्न स्थानमा भारी वर्षा, बाढी र पहिरोबाट सचेत रहन आग्रह

हिमाल प्रेस ८ भदौ २०८० ६:२०
6
SHARES
देशका विभिन्न स्थानमा भारी वर्षा, बाढी र पहिरोबाट सचेत रहन आग्रह

काठमाडौँ- देशभर अहिले वर्षा भइरहेको छ। वर्षाका कारण पहिरो र खोलामा बाढी आउने सम्भावना छ। यस्तै कैलालीको टिकापुर, चिसापानीलगायत आसपासको स्थानमा भारी वर्षा मापन भएको छ।

यस क्षेत्रमा थप वर्षा हुने सम्भावनासमेत रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। स-साना नदीमा बहाब बढ्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै पछिल्लो ३ घण्टा लमजुङको खुदीबजार र आसपासको स्थानमा भारी वर्षा भएको छ। खुदी खोलालगायत लमजुङको भई बहने साना नदीका आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ। बिहान ९ बजेसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

दुधकोशी नदी रबुवाबजार बाढीमापन केन्द्र, ओखलढुङगामा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले दुधकोशीको सुनकोशी दोभानसम्म नदी तटीय क्षेत्रहरूमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै कमला नदी, रानीवास सिन्धुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । कमला बेलसोत उदयपुरमा पनि जलसतह बढ्दो रहेको महाशाखाले जनाएको छ ।

सिन्धुली,उदयपुर,धनुषा र सिराहाको तटीय क्षेत्रलगायत डुबान भइरहने होचा स्थानमा बिहान ११ बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित: ८ भदौ २०८० ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =