भदौ ११ मा चुनिँदैछन् ‘मिनी संसद्’का सभापति

हिमाल प्रेस ७ भदौ २०८० १३:४३
4
SHARES
भदौ ११ मा चुनिँदैछन् ‘मिनी संसद्’का सभापति

काठमाडौँ- आम निर्वाचनको  ८ महिनापछि यसअन्तर्गत रहेका संसदीय समिति(मिनी संसद्)ले नेतृत्व पाउने भएको छ।

सभामुख देवराज घिमिरेले बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तय गरेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन्।

संसद बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन भएपनि सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गरिँदै आइएको थियो। प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरूको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन्।

समितिहरूमा सभापति चयन प्रक्रियामा ढिलाई हुँदा विधेयकमाथिको छलफल लगायतका विषय प्रभावकारी हुन सकेको थिएन। दलहरुबीच संसदीय समितिमा नेपाली कांग्रेसले ४ वटा समितिको नेतृत्व पाउने सहमति भएको छ।

एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले ११ समितिको सभापति पाउने यसअघि नै सहमति भइसकेको छ। समितिहरूमा सभापति चयनका लागि केही सदस्यहरुको आवद्ध समिति हेरफेर गर्ने तयारी समेत रहेको छ।

प्रकाशित: ७ भदौ २०८० १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =