चन्द्रयान-३ को सफल अवतरण, भारत बन्यो चन्द्रमामा पुग्ने चौथो देश

हिमाल प्रेस ६ भदौ २०८० १८:३२
36
SHARES
चन्द्रयान-३ को सफल अवतरण, भारत बन्यो चन्द्रमामा पुग्ने चौथो देश

काठमाडौँ- भारतले प्रक्षेपण गरेको चन्द्रयान-३ चन्द्रमामा सफल अवतरण गरेको छ। गत जुलाई १३ मा प्रक्षेपण गरिएको चन्द्रयान–३ स्थानीय समयअनुसार बुधबार ६ बजेर ४ मिनेटमा चन्द्रमाको सतहमा अवतरण गरेको हो। चन्द्रमाको सतहमा यसअघि अमेरिका, रूस र चीनमात्रै पुगेका छन्। चन्द्रयान–३ को सफल अवतरणसँगै भारत चन्द्रमामा पुग्ने चौथो देश बनेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका लागि यो एक ऐतिहासिक दिनको रूपमा रहेको बताएका छन्। भारतका लागि यो सफलताको अमृत वर्ष भनेका छन्। भारत पनि अब चन्द्रमामा छ।  दक्षिण अफ्रिकामा रहेका  मोदीले सबैको साथ उत्सव र उमंगमा सँगै रहेको बताए। उनले सबै वैज्ञानिक र यस कार्यमा जोडिएका सबैलाई बधाईसमेत दिए। भारतीय वैज्ञानिकको परिश्रम र ज्ञानले चन्द्रमासँग भारत जोडिएको र सबै मिथ स्पष्ट भएको पनि उनले बताए।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत जुलाई १३ मा दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिस धावन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान प्रक्षेपण गरेको थियो। ‘एलभीएम-३’ रकेटले अन्तरिक्षयानलाई अन्तरिक्षमा पुर्‍याएको थियो। भारतले पहिलोपटक सन् २००८ मा चन्द्रमातर्फ चन्द्रयान-१ पठाएको थियो। सतहमा अवतरण गर्न नसके पनि चन्द्रयान-१ ले त्यहाँ पानी भएको पत्ता लगाएको थियो।

सन् २०१९ मा प्रक्षेपण गरिएको चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने बेला दुर्घटनामा परेको थियो। तेस्रो यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको हो।

पहिलो अवतरण गर्न सकेन, दोस्रो दुर्घटनामा पर्‍यो। अहिले भने भारतले सफलता पाएको हो। यसलाई भारतीयले उत्सवका रूपमा मनाएका छन्। चन्द्रयान महाअभियान प्रधानमन्त्री मोदीले अघि बढाएका थिए।

प्रकाशित: ६ भदौ २०८० १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =