बिरामी भएको भनेर सर्वदलीय बैठकमा नगएका ओलीले गरे अमेरिकन राजदूतसँग भेट

हिमाल प्रेस ५ भदौ २०८० १९:००
10
SHARES
बिरामी भएको भनेर सर्वदलीय बैठकमा नगएका ओलीले गरे अमेरिकन राजदूतसँग भेट

भक्तपुर- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ। ओलीको सचिवालयका अनुसार अध्यक्ष ओली र राजदूत थम्पसबीच मंगलबार बालकोटस्थित ओली निवासमा भेट भएको हो।

भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको ओलीको सचिवालयले जानकारी दिएको छ। एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको समेत सहभागिता रहेको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे पनि छलफल भएको ओलीको सचिवालयले बताएको छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजेका लागि बोलाएको सर्वदलीय बैठकमा आफू बिरामी भएकाले उपस्थित नहुने जानकारी ओलीले गराएका थिए।

प्रकाशित: ५ भदौ २०८० १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =