इटहरी : पूर्वाग्रह राखेर सरुवा गरेको भन्दै एमालेका जनप्रतिनिधिको आपत्ति

हिमाल प्रेस ४ भदौ २०८० ६:५१
8
SHARES
इटहरी : पूर्वाग्रह राखेर सरुवा गरेको भन्दै एमालेका जनप्रतिनिधिको आपत्ति

इटहरी- इटहरी उपमहानगरपालिकाका कर्मचारीहरूलाई पूर्वाग्रह राखेर मनपरी सरुवा गरेको भन्दै उपमेयर संगीता चौधरीसहित नेकपा एमालेबाट निर्वाचित २४ जना कार्यपालिका सदस्यहरूले आपत्ति जनाएका छन्।

प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई उपमेयर चौधरीसहित कार्यपालिका सदस्यहरूले ज्ञापनत्रि बुझाउँदै सरुवा बदर गर्न माग गरेका छन्। कर्मचारीहरूको आन्तरिक सरुवा बदर नगरे संघर्षमा उत्रिने चेतावनी दिइएको छ।

राजनीतीक पूर्वाग्रहका आधारमा मापदण्डविपरीत सरुवा गरिएको र यस्तो कार्यले कर्मचारीहरूलाई हतोत्साहित बनाएको उनीहरूको आरोप छ।

दुई-दुई वर्षमा सरुवा गर्ने सामान्य नियमसमेत पालना नगरी प्रत्येक वर्ष कर्मचारी सरुवा गर्दा नयाँ ठाउँको अवस्था बुझ्न समय लाग्ने र त्यसले विकास निर्माण कार्य प्रभावित बनाएको एमालेकचो दाबी छ।

उपमहानगरपालिकाको सांगठनिक संरचना व्यवस्थापनमा समेत हुँदै नभएका शाखा महाशाखा थपघट गरेकोमासमेत उनीहरूको विरोध छ।

ज्ञापनपत्रको बोधार्थमा नगर प्रमुख, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अख्तियार दुरुपयोग अनुसंन्धान आयोगको कार्यालय र जिल्ला प्रशासन कार्यालय उल्लेख गरिएको छ।

इटहरीमा कूल ३० मध्ये नेकपा एमालेका २४ अर्थात् बहुमत सदस्य छन्। तर, मेयर हेमकर्ण पौडेलले एकलौटी ढंगले काम गरेको भन्दै उनीहरूले पटकपटक आरोपसमेत लगाउँदै आएका छन्।

प्रकाशित: ४ भदौ २०८० ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =