मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

हिमाल प्रेस ३ भदौ २०८० १०:१९
16
SHARES
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

इटहरी- इटहरीमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको ज्यान गएको छ। इटहरी-१२ स्थित कोशी राजमार्गमा खनारबाट इटहरीतर्फ आउँदै गरेको को २४ च ७३८९ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आइरहेको साइकलयात्रीलाई ठक्कर दिदाँ दुर्घटना भएको हो।

दुर्घटनामा स्थानीय ५० वर्षीय नेत्र अधिकारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो।

मोटरसाइकल चालक इटहरी-११ का २० वर्षीय रोहन चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले माेटरसाइकलसहित नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: ३ भदौ २०८० १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =