चोरी गरेको मोटरसाइकलसहित दुई व्यक्ति नियन्त्रणमा

हिमाल प्रेस ३ पुष २०७९ १५:५४
6
SHARES
चोरी गरेको मोटरसाइकलसहित दुई व्यक्ति नियन्त्रणमा प्रतीकात्मक तस्बिर।

काठमाडौँ– चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिएका दुईजनालाई सवारी साधनसहित ट्राफिक प्रहरीले आइतबार जिल्ला प्रहरी परीसर जावलाखेल, ललितपुरमा बुझाएको छ। रामेछापको दोरम्बा ५ घर भई हाल भक्तपुर बस्ने २२ वर्षिय रिदमबहादुर थापा मगर र सोही स्थान घर भई हाल काठमाडौँको सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापा मगरलाई चोरीको मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि आजै परिसर जावलाखेल बुझाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र भट्टले जानकारी दिए।

धादिङको थाक्रे गाउँपालिका ७ घर भइ हाल ललितपुरको ललितपुर महानगरपालिका ९ मंगलबजार बस्ने कञ्चन खत्रीले बाग्मति प्रदेश-०२-०१६ प ६०२९ नम्बरको पल्सर २२० सिसिको मोटरसाइकल हराएको भनि ०७९ असोज ६ गते निवेदन दर्ता गराएका थिए।

खोजतलास गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बाग्मति प्रदेश-०२-०१९ प ९५६४ नम्बर प्रयोग गरी मोटरसाइकल चलाउँदै गर्दा शनिबार (हिजो) अपराह्न ४ बजे ललितपुरको ताल्छिखेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

यस आर्थिक वर्षको मंसिर मसान्तसम्ममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका १ सय ९४ वटा दुई पांग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर) खोजतलासका क्रममा फेला पारी सम्बन्धित धनीलाई हस्तान्त्रण गरिसकेको छ।

यस्तै चोरीका १९ ओटा दुई पांग्रे सवारी साधनसहित नियन्त्रणमा आएका १९ जनालाई पनि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित प्रहरी परिसर एवम् वृत्तमा बुझाइएको छ।

ट्राफिक प्रहरीले हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रणका कार्य निरन्तर गर्दै आएता पनि यस्ता कार्यलाई नियन्त्रण गर्न स्वयम् सवारी धनी पनि विशेष सजग हुनुपर्ने र सवारी चालक पनि थप जिम्मेवार बन्नुपर्ने प्रवक्ता भट्टको भनाइ छ।

मोटरसाइकल चोरीमा संलग्नहरू।
प्रकाशित: ३ पुष २०७९ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =