बारामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

हिमाल प्रेस २७ पुष २०७९ ८:५२
2
SHARE
बारामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु सांकेतिक तस्बिर।

वीरगञ्ज- मोटरसाइकलको ठक्करबाट बारामा एक महिलाको मृत्यु भएको छ। गएराति साढे ७ बाजेको समयमा बा।२९ प ७०१८ नम्बरको मोटरसाइकलको ठक्करबाट जिल्लाको सिम्रौनगढ नगरपालिका २ बस्ने ५८ वर्षीया ज्ञान्ती चौधरीको मृत्यु भएको हो।

सो समयमा सिम्रौनगढ २ बगेवा टोलमा पैदल हिँडिरहेकी चौधरीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।उनको उपचारको क्रममा एल एस न्यूरो अस्पताल परवानिपुरमा राती सवा ९ बजे मृत्यु भएको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

दुर्घटनामा परी मोटरसाइकल चालक सोही स्थानका कुन्दन चौधरी पनि घाइते भएका छन्। उनको सिम्रौनगढकै तामागढी अस्पतालमा उपचार भइरहेको थापाले बताए।

प्रकाशित: २७ पुष २०७९ ८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =