ललितानिवास प्रकरणमा गल्ती गरेको छैन, उन्मुक्ति पनि चाहिएको छैन : बाबुराम भट्टराई

हिमाल प्रेस २ भदौ २०८० ८:३१
4
SHARES
ललितानिवास प्रकरणमा गल्ती गरेको छैन, उन्मुक्ति पनि चाहिएको छैन : बाबुराम भट्टराई फाइल तस्बिर

काठमाडौँ-  नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफूले गैर कानुनी कार्य नगरेको र पुष्टि पनि गर्न नसक्ने बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले हाल सीआईबीले गरिरहेको छानबिनको क्रममा कसैले आफूसँग कुनै सोधपुछ नगरेको र आफूले कसैसँग उन्मुक्तिको याचना नगरेको स्पष्ट गरेका छन्।

‘मेरो लामो सार्वजनिक जीवनमा आजसम्म कुनै नैतिक दाग लागेको छैन र कसैले भ्रष्टाचारजन्य आरोप लगाउन सकेको छैन’, भट्टराईले भनेका छन्, ‘ललिता निवास प्रकरणमा पनि मेरो कुनै निजी वा पारिवारिक स्वार्थ जोडिएको र गैर कानुनी कार्य भएको कहींकतै कसैले आरोप लगाउन र पुष्टि गर्न सक्दैन।’

 

प्रकाशित: २ भदौ २०८० ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 15 =