नेसपाले भदौसम्म संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने

हिमाल प्रेस ७ वैशाख २०८१ १३:४९
76
SHARES
नेसपाले भदौसम्म संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) ले यही वैशाखदेखि भदौसम्म महाधिवेशन तयारीका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

नेसपा महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा वैशाख ५ र ६ गते बसेको सचिवालय बैठकले महाधिवेशनका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

संघ, प्रदेश र स्थानीयस्तरमा वैकल्पिक राजनीति र यसका आयामहरूबारे नेतृत्व सबलीकरण र वैचारिक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको पार्टी प्रवक्ता कृष्ण शर्माले जानकारी दिए। उनकाअनुसार वैशाख २८ र २९ गते काठमाडौँमा केन्द्रीय अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ।

देश र जनताका जल्दाबल्दा सवालहरूलाई लिएर संघ, प्रदेश र स्थानीय तहसम्म व्यापक अभियानहरू सञ्चालन गर्ने निर्णय बैठकले गरेको पनि प्रवक्ता शर्माले बताए।

⁠जनजीविकाका सवाल र समसामयिक राजनीतिक मुद्दाहरूलाई लिएर विभिन्न अभियानहरू सञ्चालन गर्न नीति, विचार, कार्यक्रम र मुद्दा मिल्ने शक्तिहरूसँग राजनीतिक संवाद र सहकार्यको निर्णय बैठकले गरेको छ।

यसका लागि पार्टी प्रवक्ता कृष्ण शर्मा, सोनाम सिं स्याङतान र मानुषी यमि भट्टराई रहेको राजनीतिक संवाद समिति गठन गरिएको छ।

⁠यही वैशाख १५ मा हुने उपनिर्वाचनमा बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं–१ को हकमा राइट टू नो भोटको नीति अपनाउने निर्णय सचिवालय बैठकले गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 7 =