महरा भन्छन् : अनुसन्धानका लागि मलाई बोलाऊ भनेकै छु, बोलाउँदैनन् त के गर्नू?

भेपमा सुन ल्याउने वाङसँग १० वर्ष अघिदेखि चिनजान

हिमाल प्रेस ३० साउन २०८० १४:११
24
SHARES
महरा भन्छन् : अनुसन्धानका लागि मलाई बोलाऊ भनेकै छु, बोलाउँदैनन् त के गर्नू?

काठमाडौँ- नेकपा मा‌ओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफूलाई छानबिनका लागि कतै नबोलाएको बताएका छन्। दाङमा पत्रकारहरूसँग कुरा गर्दै महराले अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका हुन्।

उनले भने, ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउन तयार छु भनेर भन्दै आएको छु। अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु। तर बेलाउँदैनन् त के गर्नु?’

त्यस्तै उनले सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक दाओजिन वाङसँग १० वर्ष अघिदेखिको चिनजान रहेको र उनी फलफूल व्यवसायी भएको पनि बताए। विगत १५ वर्षयता नेपालमै बस्दै आएका उनी नेपाली पनि बोल्ने महराको भनाइ छ।

महराले वाङसँग आफूले टेलिफोनमा कुरा नगरेको तर भेटेको बताए। भन्सारमा आफ्नो इलेक्ट्रिक चुरोट (भेप)को सामान रोकिएपछि आफू जेलमा हुँदा चिनेका एक अधिकृतसँग कुरा गरेको उनको भनाइ थियो। तर सुनबारे वाङले केही नभनेको र आफूले पनि ती अधिकृतसँग कानुनसम्बत कार्य अगाडि बढाउन भनेको दावी उनले गरे।

‘मसँग टेलिफोन भएको होइन, भेट भएको हो। इलेक्ट्रिक चुरोटको सामान आएको छ भन्सारमा भनेपछि भन्सारका साथीसँग कानुनअनुसार काम गर्नुहोला, रोक्नपर्ने भए रोक्नु, छोड्नुपर्ने हो भने छोड्नु, ढिला गर्नुरसपर्ने भनेको हो। यत्ति हो कुराकानी भएको,’ उनले भने। उनले वाङले भन्सारमा इलेक्ट्रिक चुरोटको सामान रोकिएको भन्दा सुनको ‘स’ अक्षर पनि उच्चारण नगरेको उनले बताए।

‘मैले केही इलिगल समान होर भनेर सोधेँ। इलिगल होइन भने। इलिगल होइन भने के समस्या हो त भनेर भन्सारका साथीसँग कुराकानी भएको हो,’ उनले भने।

उनले तस्कर आरोपी ती व्यक्तिसँग छोरा राहुलको टेलिफोन भए सुनसँग सम्बन्धित नभएको दाबी गरे। भन्सारमा कुरा गरेका ती कर्मचारीसँग आफू जेल बस्दा चिनजान भएको उनले बताए।

‘म १०-१५ वर्षसम्म सरकारी पदमा छु। विगतमा जेलमा परेको बेला, जेलमै भएका एक साथी थिए अधिकृत छन् कुरा भइराख्थ्यो,’ उनले भने, ‘छोड्नुपर्ने हो भने छोड्नु, जे गर्ने हो कानुनसम्बत गर्नु भनेको हो।’

प्रकाशित: ३० साउन २०८० १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =