नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका ६ जना कर्मचारी पक्राउ

हिमाल प्रेस २९ साउन २०८० १७:१३
104
SHARES
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका ६ जना कर्मचारी पक्राउ

काठमाडौँ- नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिरमा प्रवेश गरेको आरोपमा ६ जना कर्मचारी पक्राउ परेका छन्। पक्राउ परेका ६ जना नै विभिन्न बैंकका कर्मचारी रहेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ। प्रहरीले कुन बैंकका कर्मचारी भन्ने र कर्मचारीको नाम पनि गोप्य राखेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा डाक्टरहरूमाथि पनि छानबिन बढाइरहेको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा ८ जना नक्कली डाक्टर सीआईबीको नियन्त्रणमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =