फिल्म ‘डिग्री माइला’बन्दै, नयाँ वर्षमा प्रदर्शन

हिमाल प्रेस २९ साउन २०८० १२:०४
2
SHARE
फिल्म ‘डिग्री माइला’बन्दै, नयाँ वर्षमा प्रदर्शन

काठमाडौँ- ‘कबड्डी’ श्रृंखलाका निर्माता एवं निर्देशक रामबाबु गुरुङले ‘डिग्री माइलाः एमए थर्ड क्लास’ फिल्म बनाउने भएका छन्।

सोमबार निर्माता गुरुङले फेसबुकमार्फत थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेका हुन्।

‘डिग्री माइला’ नाटकमा आधारित रहेर यो सिनेमा निर्माण हुन लागेको बताइएको छ। यो नाटकको मुख्य भूमिकामा कलाकार दयाहाङ राई थिए।

दयाहाङकै निर्देशनमा तयार गरिएको नाटकका लेखक सायद अशोक हुन्। यो नाटक २०६९ फागुनमा पहिलोपटम मञ्चन गरिएको थियो।

बाँसुरी फिल्म्सको ब्यानरमा बन्ने फिल्म आगामी नयाँ वर्ष २०८१ लाई फिल्मको प्रदर्शन गरिने बताइएको छ।

‘बाँसुरी फिल्म्सकै ब्यानरले निमार्ण गर्न लागेको हाम्रो आगामी फिचर फिल्म ‘डिग्री माइलाः म थर्ड क्लास’ घोषणा गर्न पाउँदा खुसी लागेको छ। गुरुङले लेखेका छन्। ‘जुन नेपाली नयाँ वर्ष २०८१ मा रिलिज हुने छ।’

साथै पोस्टरमा ‘किन चाउरीयो मरिच, आफ्नै रागले’ भन्ने उखान पनि देख्न सकिन्छ। फिल्मको कथावस्तु शैक्षिक बेरोजगारीले युवापुस्तामा ल्याएको निराशापनमा आधारित रहने बताइएको छ। फिल्ममा कलाकार घोषणा गरिएको छैन्।

प्रकाशित: २९ साउन २०८० १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + one =