सहरमा आज

प्रतिस्पर्धामा ‘द रेड सुटकेस’, ‘महाजात्रा’ र ‘डिग्री माइला’

हिमाल प्रेस ८ वैशाख २०८१ ९:०१
8
SHARES
प्रतिस्पर्धामा ‘द रेड सुटकेस’, ‘महाजात्रा’ र ‘डिग्री माइला’

काठमाडौँ- २०८१ सालको दोस्रो शनिबार। यस साता हलमा नेपाली फिल्म ‘द रेड सुटकेस’, ‘महाजात्रा’ र ‘डिग्री माइला’ बीच प्रतिस्पर्धा चलिरहेको छ। त्यस्तै प्रज्ञा भवनमा जीवन जीवन्तको उपन्यास ‘चरैवैती’ पनि लोकार्पण कार्यक्रम छ। फुर्सदमा हुनुहुन्छ भने उपत्यकामा हुने मनोरञ्जनात्मक गतिविधिहरुको जुन तपाईको लागि उपयुक्त हुन सक्छ।

‘चरैवेति’ माथि विशेष परिसंवाद

जीवन जीवन्तको पहिलो उपन्यास कृति ‘चरैवेति’ माथि विशेष अन्तरसंवाद हुने भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा दिउँसो दुई बजे हुने अन्तरसंवादमा समालोचक र आख्यानकारले कृतिका बारेमा छलफल गर्ने कार्यक्रम रहेको उपन्यासकार जीवन्तले बताएका छन्। पुस्तक पेज टर्नरले प्रकाशन गरेको हो।

हलमा कुनकुन फिल्म?

द रेड सुटकेस

फिल्म फिडेल देवकोटा निर्देशित फिल्म ‘द रेड सुटकेस’ चैत ३० देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्म वैदेशिक रोजगारी लागि विदेसिएका नेपालीका शव पुर्‍याउने एक ड्राइभरको दैनिकीमा आधारित छ।

फिल्ममा कलाकार सौगात मल्ल, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ, विपिन कार्कीलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, सिके सिनेमाजमा फिल्म ‘द रेड सुटकेस’ चलिरहेको छ।

डिग्री माइला

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘डिग्री माइला : एम ए थर्ड क्लास’ चैत ३० देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा डिग्री पास गरेपछि अहमताले भरिएको माइलो पात्र, समाजले ऊसँग राखेको अपेक्षा र उसले शिक्षक बन्न गरेको संघर्ष प्रस्तुत गरिएको छ।

अभिनेता दयाहाङ राई मुख्य भूमिका रहेको फिल्ममा अन्य कलाकार आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, राइजिङ मल, दरबार सिनेम्याक्स, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको २५ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘डिग्री माइला : एम ए थर्ड क्लास’ चलिरहेको छ।

महाजात्रा

चैत ९ गतेदेखि फिल्म ‘महाजात्रा’ पाँचौ सातामा प्रदर्शन भइरहेको छ।

यो सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘जात्रा’ को तेस्रो श्रृंखला हो। अघिल्ला श्रृंखलाजस्तै यसमा अकस्मात् आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्षको कथामा प्रस्तुत गरिएको छ।
साथै हाँसो र संवेदना मिश्रित गरिएको फिल्मले राजनीति र भ्रष्टाचारविरुद्ध कटाक्ष पनि गरेको छ।

फिल्ममा विपिन कार्की, रवीन्द्र झा र रवीन्द्रसिंह बानियाँ, हरिवंश आचार्य, वर्षा राउतलगायत कलाकारको अभिनय छ। फिल्म प्रदीप भट्टराईको लेखन र निर्देशनमा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, राइजिङ मल, भाटभटेनी भक्तपुर, र छाया सेन्टरमा फिल्मको २० सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाजमा फिल्म ‘महाजात्रा’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स फिल्म महाजात्रा चलिरहेको अन्य हल हुन्।

अगस्त्य
फिल्म ‘अगस्त्य’ रञ्जना सिनेप्लेक्समा फिल्ममा एकल प्रदर्शन भइरहेको छ। फागुन १८ देखि प्रदर्शन भएको फिल्मका निर्देशक सौरभ चौधरीको लेखन र निर्देशनमा बनेको छ। फिल्म भारतमा बेचिएकी नेपाली किशोरीको उद्धारको कथामा आधारित छ।

फिल्ममा सौगात मल्ल, निश्चल बस्नेत, रविन्द्र झा, शिशिर बाङ्देल, प्रमोद अग्रहरि, नाजिर हुसेन, मलिका महत, विजय बराल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठीलगायत कलाकारको अभिनय छ।

गोडजिला भर्सेस कङः द न्यु अम्पायर
हलिउड फिल्म ‘गोडजिला भर्सेस कङः द न्यु अम्पायर’ चैत १६ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक एडम विंग्वड हुन्। गोडजिल्ला फ्रेन्चाइजीको ३८ औं र किङ कङको १३ औं श्रृंखला हो। फिल्ममा रेबेका हल, ड्यान स्टिभन्स र रचेल हाउस भ्वाइसलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।

कङफु पाण्डा ४

फागुन २५ देखि नेपालमा हलिउड फिल्म ‘कुङफु पाण्डा’को चौथो भाग प्रदर्शन भइरहेको छ। एक्सन एडभेन्चर, कमेडी र पारिवारिक जनरामा बनेको छ। फिल्मका निर्देशक माइक मिचेल र स्टेफनी स्टाइन हुन्।

फिल्ममा एन्जेलिना जोली, ज्याक ब्ल्याक, ज्याकी च्यान, सेठ रोजेन, लुसी लिउ, डस्टिन होफम्यान, डेभिड क्रसलगायको अभिनय छ। उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, सिभिल मल र लबिम मलमा फिल्मको चार सो छ।

क्रू

बलिउड फिल्म ‘क्रू’ पनि चैत १६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक राजेश कृष्णन हुन्। फिल्ममा तब्बु, करिना कपुर र कृति सेननलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, राइजिङ मल र लबिम मलमा फिल्मको ११ सो छ।

शैतान

बलिउड फिल्म ‘शैतान’ फागुन २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर र हरर जनरामा बनेको फिल्मका निर्देशक विकाश बहल हुन्। फिल्ममा अजय देवगन, माधवन, जानकी बोडिवाला मुख्य भूमिकामा छन्।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल र दरबार सिनेक्याक्समा फिल्मको सो छ।

प्रकाशित: ८ वैशाख २०८१ ९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + five =