माओवादीलाई स्मार्ट बनाऔँ : वर्षमान पुन

हिमाल प्रेस २७ साउन २०८० ११:१९
2
SHARE
माओवादीलाई स्मार्ट बनाऔँ : वर्षमान पुन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउने अवधारणा अघि सारेका छन्।

पुनले वर्तमान साइबर युग सुहाउँदो स्मार्ट पार्टीले मात्र अहिलेको अवस्थामा मुलुकको नेतृत्व गर्न सक्ने र पार्टी पुनः निर्माण सम्भव भएको बताए।

पार्टी सम्बद्ध महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले शनिबार बिहान राजधानीमा आयोजना गरेको कार्यक्रममा नेता पुनले स्मार्ट पार्टी बनाउने कार्ययोजनाको चर्चा गरेका हुन्।

‘समयानुसार चल्न नसक्ने पार्टीहरु इतिहासमा सीमित भएका छन्’, पुनले भने, ‘अहिलेको साइबर युगमा स्मार्ट पार्टी बनाउन जरुरी छ, त्यस्तो पार्टीले मात्र आजको युगको सही प्रतिनिधित्व गर्नसक्छ।’

विश्व चौथो चरणको औद्योगिक क्रान्तिको सम्मुखमा रहेको भन्दै पुनले यस्तो अवस्थामा कम्युनिस्टहरुले डिजिट प्रविधि र कृत्रिम बौद्धिकताको समेत प्रयोग गरेर स्मार्ट पार्टी निर्माण गर्नुपर्ने औंल्याए। लेनिनले कम्युनिस्ट पार्टीहरुको निम्ति संगठनको रुप सर्वथा अचूक र अपरिवर्तनशील हुननसक्ने उल्लेख गरेको चर्चा गर्दै पुनले संघर्षको स्थिति र विकासको प्रक्रिया अनुरुप संगठनको रुपहरुको खोजी गरिएको बताए।

 

प्रकाशित: २७ साउन २०८० ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 11 =