नेपाल टेलिकमको ‘एक्सजीपाेन’ प्रविधिमा आधारित इन्टरनेट सेवा सुरु

हिमाल प्रेस २५ साउन २०८० २१:४१ | Thursday, August 10, 2023
नेपाल टेलिकमको ‘एक्सजीपाेन’ प्रविधिमा आधारित इन्टरनेट सेवा सुरु

काठमाडौँ- नेपाल टेलिकमले एफटीटीएच इन्टरनेट सेवा सुरु गरेको छ। कम्पनीले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म गति भएको एफटीटीएच इन्टरनेट सेवा सुरु गरेको हो। कम्पनीले यसअघि १०० एमबीपीएससम्म गतिको एफटीटीएच सेवा उपलब्ध गराउँदै आएको थियो।

‘हाल कम्पनीले जीपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति १०० एमबीपीएस रहेकोमा अब एक्सजीपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उक्त सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुई वटा प्याकेजमा उलपब्ध हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस हुनेछ।

प्रकाशित: २५ साउन २०८० २१:४१ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast