कार्यकाल सकिनुभन्दा तीन दिनअघि पाकिस्तानी संसद्‍ विघटन

हिमाल प्रेस २४ साउन २०८० १७:०५
6
SHARES
कार्यकाल सकिनुभन्दा तीन दिनअघि पाकिस्तानी संसद्‍ विघटन संसद् विघटनकाे सिफारिसका लागि बसेकाे पाकिस्तानी मन्त्रिपरिषद्‍काे बैठक। तस्बिर : रेडियाे पाकिस्तान

काठमाडाैँ- पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफले संसद्काे कार्यकाल सकिनुभन्दा तीन दिनअघि विघटनकाे सिफारिस गरेका छन्। संसद् विघटनका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गरिएकाे पाकिस्तानी पत्रिका डनले उल्लेख गरेकाे छ।

गत वर्ष अप्रिलमा तत्कालीन प्रधानमन्त्री इमराज खानलाई सत्ताबाट हटाइएपछि पाकिस्तानमा राजनीतिक उथलपुथल सिर्जना भएकाे छ। खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफका कार्यकर्तामाथि त्यहाँकाे सरकारले दमन गर्दै आएकाे छ। खान ताेशाखाना प्रकरणमा अदालतबाट दाेषी ठहर भएर जेलमा छन्।

संसद् विघटन भएको ९० दिनभित्र निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। खानको सत्ताच्युत गर्न एकजुट भएका देशका पूराना पार्टीहरूबीचको असम्भाव्य गठबन्धनले नेतृत्व सम्हालेको १८ महिनाको अवधिमा खासै जनसमर्थन प्राप्त गर्न सकेको छैन।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को नयाँ राहत, विदेशी ऋण, बढ्दो मुद्रास्फीति र कच्चा पदार्थ किन्नका लागि विदेशी मुद्राको अभावका कारण कारखानाहरूमा व्यापक बेरोजगारी हुँदा अर्थतन्त्र थप अस्तव्यस्त बनेको छ। ‘पाकिस्तान इन्स्टिच्युट अफ लेजिस्लेटिभ डेभलपमेन्ट एन्ड ट्रान्सपरेन्सी थिंकट्यांक’का अध्यक्ष अहमद बिलाल महबूबले नयाँ अर्थराजनीतिकबारे भने, ‘आर्थिक निर्णयहरू सधैं कठिन र प्रायः अलोकप्रिय हुन्छन्। त्यसैले तिनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न लामो कार्यकाल भएको सरकार चाहिन्छ।’

आगामी निर्वाचन‍ले नयाँ सरकारका लागि पाँच वर्षको कार्यकालको निर्णय  हुनेछ। निर्वाचनबाट आउने शक्तिलाई आदर्श रूपमा आर्थिक पुनरुत्थानको लागि महत्वपूर्ण निर्णयहरू गर्न अधिकार हुनेछ।

सुरक्षा, आर्थिक र राजनीतिक संकटको सामना गरिरहेको मुलुकलाई स्थायित्व दिन र निर्वाचनमा जान ढिलाइ हुन सक्ने अनुमान पाकिस्तानी राजनीतिकबारे जानकारले गरेका छन्।

सन् २०१८ अगस्ट १३ निर्वाचित संसद्‍काे कार्यकाल यही अगस्ट १२ अर्थात आउँदाे शनिबार सकिँदै थियाे। रासस/सिन्ह्वा

प्रकाशित: २४ साउन २०८० १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =