पहिरोले बुटवल पाल्पा सडक अवरुद्ध

हिमाल प्रेस २३ साउन २०८० ९:५७
8
SHARES
पहिरोले बुटवल पाल्पा सडक अवरुद्ध

लुम्बिनी- अविरल वर्षाले लुम्बिनी प्रदेशका विभिन्न राजमार्ग पहिरोले अवरुद्ध भएका छन्। सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध छ।

अवरुद्ध सडक खुलाउन पहिरो हटाउने काम भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड (रामापिथेकस पार्क) क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेको थियो।

यो पहिरो हटाउने कार्य जारी रहेकाले अझै केही समय बन्द हुनेछ। सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा हुँदै स्याङजा, पोखरा जाने यात्रु अलपत्र परेका छन्।
यस्तै दाङको लमही–घोराही सडक खण्ड पहिरोले अवरुद्ध भएको छ। लमहीको कुलमोहर नजिकै पहिरो खस्दा सवारी आवागमन बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार अहिले पहिरो पन्छाउने काम भैरहेको छ।

गत वर्षको अविरल वर्षाका कारण उक्त स्थानमा ठूलो पहिरो खसेको थियो। पहिरोका कारण भालुवाङ–प्युठान जोड्ने सडक पनि अवरुद्ध भएको छ। प्युठानको मान्दवी गाउँपालिकामा पहिरोका कारण सडक अवरुद्ध भएको हो।

प्रकाशित: २३ साउन २०८० ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =