राप्रपा नेपालको केन्द्रीय समिति बैठक भदौ ७ मा

हिमाल प्रेस २३ साउन २०८० ८:०७
2
SHARE
राप्रपा नेपालको केन्द्रीय समिति बैठक भदौ ७ मा

चितवन- राप्रपा नेपालले भदौ ७ र ८ गते बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ।

महामन्त्री राजाराम बर्तौलाले काठमाडौँमा बस्ने बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्रसहित जनआन्दोलनको खाका प्रस्तुत गर्ने कार्यतालिका रहेको जानकारी दिए।

राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने कार्ययोजना प्रस्तुत हुने उनको भनाइ छ।

‘यो बैठक पार्टीको भावी कार्यदिशा र कार्ययोजनासहित सैद्धान्तिक/वैचारिक पक्षलाई थप स्पष्ट पार्दै अघि बढ्नेछ’, महामन्त्री बर्तौलाले भने।

बैठकमा अध्यक्ष थापाको राजनीतिक कार्यपत्र तथा आन्दोलनको खाकासहित महामन्त्री भास्कर भद्राको सचिवालय सम्बन्धी प्रतिवेदन र महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धी प्रतिवेदन पेस हुनेछ।

यस्तै महामन्त्री राजाराम बर्तौलाको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ। यस्तै राजसंस्थाबारेमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीको नेतृत्वमा गठित कार्यदलले पनि प्रतिवेदन पेस गर्नेछ।

प्रकाशित: २३ साउन २०८० ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =