संसद् अवरोध हटाउन परामर्शमा दलहरू

हिमाल प्रेस २२ साउन २०८० १२:३८
4
SHARES
संसद् अवरोध हटाउन परामर्शमा दलहरू सभामुखसहितको शीर्ष तहको बैठक। फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरेले शीर्ष नेतासँग छलफल गरिरहेका छन्।
सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरु भएको हो।

सदनको अवरोध हटाउन र संसदीय समितिका सभापतिको निर्वाचनबारे छलफल गर्न शीर्ष नेताहरूलाई बोलाएको सभामुखको सचिवालयले जनाएको छ।

साउन १० गते बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवरोध गर्‍यो। त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो।

आइतबार पनि सभामुखले सिंहदरबारमा प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ।

प्रकाशित: २२ साउन २०८० १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =