माओवादीको संसदीय दलको बैठक जारी, चयन होला उपनेता?

हिमाल प्रेस २२ साउन २०८० ९:३९
16
SHARES
माओवादीको संसदीय दलको बैठक जारी, चयन होला उपनेता?

काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक अहिले जारी छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलको बैठक बसिरहेको हो।

बैठकमा हालै सम्पन्न केन्द्रीय समिति बैठकको समीक्षा, संसद्को गतिरोध अन्त्यका लागि पार्टीको भूमिका, सरकारको कामकारबाहीलगायत विषयमा छलफल भइरहेको छ।

संसद्‌को अवरोध हटाउने विषयमा सभामुखले आह्वान गरेको शीर्ष दलका नेतासँगको बैठकअघि माओवादी संसदीय दलको बैठक बसेको हो। माओवादीले संसदीय दलका उपनेता चयन गर्ने सम्भावना पनि छ।

हालसम्म पनि माओवादीको संसदीय दलको उपनेता छैन। वर्षमान पुन र जनार्दन शर्माबीच मतभेद देखिएपछि उपनेता चयन भएको छैन।

संसदीय दलको नेतामा भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चनिएका थिए।

प्रकाशित: २२ साउन २०८० ९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =