प्रतिनिधिसभा बैठक : एमालेको अवरोधको तयारी, छलफलमा सभामुख

हिमाल प्रेस २२ साउन २०८० ७:११
16
SHARES
प्रतिनिधिसभा बैठक : एमालेको अवरोधको तयारी, छलफलमा सभामुख सभामुख देवराज घिमिरे।

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको अवरोध हटाउन शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन्। आज संसद् बैठक बस्नुअघि सभामुख घिमिरेले शीर्ष दलका नेतासँग छलफल गर्न लागेका हुन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोध जारी राख्ने बताएकाले सभामुख परामर्शमा लागेका हुन्।

उनले मध्याह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक बोलाएका हुन्। आज संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सभामुख घिमिरेले आइतबार (हिजो) सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए। तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि सहमति जुट्न सकेको थिएन। सुन काण्डमा संलग्न सबैको अनुसन्धान गर्न माग राख्दै एमालेले अवरोध गर्दै आएको छ।

एमालेले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ।

 

प्रकाशित: २२ साउन २०८० ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =