छायांकनमा ‘हामी तीन भाइ’

हिमाल प्रेस २१ साउन २०८० १६:०४
10
SHARES
छायांकनमा ‘हामी तीन भाइ’

काठमाडौँ- फिल्म हामी तीन भाइको छायांकन सुरु गरिएको छ। मकवानपुरको चित्लाङबाट फिल्मको छायांकन सुरू गरिएको हो। यसअघि स्वर्गीय निर्देशक शिव रेग्मीले ‘हामी तीन भाइ’  फिल्म बनाएका थिए। उक्त फिल्म सुपरहिट भएको थियो। त्यही फिल्मको नाम सापटी लिदै पुनः फिल्म बनाउन लागिएको हो।

मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हवल्दार), यादव देवकोटा (सरापे), पवन केसी, सुष्मा निरौला र बाल कलाकार एलेक्स खड्कालगायत कलाकारको अभिनय रहनेछ।

निर्देशक भट्टराईकै कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। साजित महत प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ हुन्। प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा बन्ने फिल्ममा शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र एसबी सापकोटाको संगीत रहनेछ।

प्रकाशित: २१ साउन २०८० १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twelve =