सुर्खेतमा अवैध रुपमा ल्याइएको लत्ताकपडा बरामद

हिमाल प्रेस २१ साउन २०८० १५:०९
16
SHARES
सुर्खेतमा अवैध रुपमा ल्याइएको लत्ताकपडा बरामद

सुर्खेत- सुर्खेतको भेरीगंगा नगरपालिका-१० तोलिखोलाबाट अवैध समान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएका ४ जनाको प्रहरी टोलीले कुर्ता सुरुवाल २४७ थान, धोती ३६ थान, तन्ना ८ थान, ‍लुङ्गी ५ रोल बरामद गरेको हो।

नेपालगंजदेखि छिन्चुतर्फ आउँदै गरेको बा १६ च २१२० नम्बरको कारलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको सामान फेला परेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ।

बरामद गरिएको कपडाहरू इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ।

प्रकाशित: २१ साउन २०८० १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =