एनआईसी एशियाको नाफा ४ अर्ब ६५ करोड

हिमाल प्रेस २१ साउन २०८० १३:४४
एनआईसी एशियाको नाफा ४ अर्ब ६५ करोड

काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेडले गत आव २०७९/८० को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरणअनुसार गत आवमा बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको छ। जुन वार्षिक बिन्दुगत आधारमा १० प्रतिशतको वृद्धि हो।

बैंकले आव २०७९/८० सम्म २ खर्ब ७१ अर्ब ५९ करोड कर्जा लगानी गरेको छ। यो अवधिमा ३ खर्ब १४ अर्ब ३१ करोड निक्षेप संकलन गरेको बैंकको विवरणमा उल्लेख गरिएको छ।

यसैगरी बैंकको स्वपूँजीमा प्रतिफल (आरओई) १७.०७ प्रतिशत रहेको छ। गत आवमा एनआईसी एशियाको प्रतिसेयर आम्दानी ४०.२२ रुपैयाँ छ। बैंकले निष्क्रिय कर्जा अनुपात ०.८० प्रतिशतमा सीमित रहेको विवरण प्रकाशित गरेको छ।

गत आवमा बैंकमा ६ लाख नयाँ ग्राहक थपिएर कुल ग्राहक संख्या ३८ लाखभन्दा बढी पुगेको छ। कुल कर्जा लगानीमा ८८ प्रतिशत हिस्सा साना तथा मझौला क्षेत्रमा छ।

 

 

प्रकाशित: २१ साउन २०८० १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =