माओवादीका पदाधिकारीको जिम्मेवारी हेरफेर

हिमाल प्रेस २१ साउन २०८० १३:५४
58
SHARES
माओवादीका पदाधिकारीको जिम्मेवारी हेरफेर फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ। जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टीका पदाधिकारी नेताहरूको जिम्मेवारी हेरफेर गरेको निर्णय सुनाएका हुन्।

उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ भने अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी तोकिएको छ।

त्यस्तै पार्टी सचिव देवेन्द्र पौडेललाई मधेश प्रदेशको इन्चार्ज तोकिएको छ।

लुम्बिनी प्रदेशको इन्चार्जमा मातृका यादव, सुदूरपश्चिम प्रदेशको इन्चार्जमा डिल्लीराम आचार्य, कोशी प्रदेशको इन्चार्जमा लिलामणि पोखरेल, कर्णाली प्रदेशको इन्चार्जमा चन्द्रप्रकाश खनालले जिम्मेवारी पाएका छन्।

यसअघि मधेश प्रदेशको इन्चार्जमा गणेश शाह, कोशी प्रदेशको इन्चार्जमा राम कार्की, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्जको जिम्मेवारी पाएका थिए। पार्टीका अन्य केही सदस्यहरूको पनि जिम्मेवारी हेरफेरको तयारी गरिएको बताइएको छ।

प्रकाशित: २१ साउन २०८० १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =