दुर्गा प्रसाईंलाई ३० करोड माग्दै ज्यान मार्ने धम्की दिने गुरुङविरुद्ध मुद्दा दर्ता

हिमाल प्रेस २१ साउन २०८० १२:२०
44
SHARES
दुर्गा प्रसाईंलाई ३० करोड माग्दै ज्यान मार्ने धम्की दिने गुरुङविरुद्ध मुद्दा दर्ता

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धम्क्याउँदै पैसा माग्ने युवकविरुद्ध मुद्दा दर्ता भएको छ। प्रसाईंलाई धम्क्याउँदै ३० करोड रुपैयाँ मागेको आरोपमा खोटाङ रावाबेसी गाउँपालिका १ का ४२ वर्षीय रमेश गुरुङविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले असार २६ गते पक्राउ गरेको थियो।

गुरुङविरुद्ध अपहरण सम्बन्धी कसुर उद्योग र लिखत सम्बन्धीको कसुरमा मुद्दा दर्ता भएको छ। प्रसाईंलाई म्यासेज तथा फोनमार्फत गुरुङले ३० करोड रुपैयाँ फिरौती मागेकाले अपहरणको कसुरमा र नागरिकता कीर्ते गरेको पाइएकाले लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको बताइएको छ।

उनले आफ्नो नागरिकताको अक्षर पनि आफैँ मेटेर आफैँले सच्याएको पाइएको छ। सच्याएको उक्त नागरिकताबाट सीमकार्ड निकालेर फिरौतीका लागि प्रयोग गरिएको खुलेको छ।

उनले नागरिकताको प्रतिलिपिलाई ब्लेडले खुर्केर अर्कै नाम उल्लेख गरी दुई वटा सीमकार्ड लिएको खुलेको छ। उनले समीर खान र रहेमान अलीको नाम उल्लेख गरेर दुई वटा सीम लिएर त्यही सीममार्फत धम्क्याउँदै फिरौती माग गरेका थिए।

गुरुङले आफू प्रवेश लामा भएको बताउँदै प्रसाईंलाई म्यासेज पठाएका थिए। उनले मारिनुपर्ने व्यक्तिको दोस्रो नम्बरमा प्रसाईंको नाम रहेको भन्दै सुरुमा ३० करोड रुपैयाँ माग गरेका थिए। उनले फोनमा प्रसाईंलाई ‘३० करोड ठिक पार्नु नत्र कात्रो तयार पार्नु’ भन्दै धम्की समेत दिएका थिए।

३० करोडबाट सुरु भएको बार्गेनिङ २० करोड, १५ करोड हुँदै ६ करोड र अन्तिममा ५ करोडमा सहमति भएको थियो। सोही अनुसार उनले प्रसाईंलाई लोकेसन दिएका दिए महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडि। त्यही बेलामा उनी पक्राउ परेका हुन्।

दुर्गा प्रसाईंलाई ‘३० करोड रुपैयाँ चाहियो नभए कात्रो ठिक पार्नु’ भन्ने युवक सीआईबीको फन्दामा

प्रकाशित: २१ साउन २०८० १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =