राष्ट्रिय हितविपरीत विषयमा कसैसँग सहकार्य गर्न सकिँदैन : केपी ओली

हिमाल प्रेस २० साउन २०८० १६:४२
8
SHARES
राष्ट्रिय हितविपरीत विषयमा कसैसँग सहकार्य गर्न सकिँदैन : केपी ओली फाइल तस्बिर।

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितविपरीतका विषयमा कसैसँग सहकार्य गर्न नसकिने बताएका छन्। एमाले परराष्ट्र मामिला विभागले शनिबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान अन्तराष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी एमालेको धारणा’ विषयक कार्यक्रममा ओलीले राष्ट्रिय हितका लागि सरकार वा अन्य कुनै दलले ल्याएको कुरालाई समर्थन गर्न सकिए पनि राष्ट्रिय हितविपरीतका विषयमा सहकार्य गर्न नसकिने बताएका हुन्।

राष्ट्रिय हितका विषयमा एकजुट हुनुपर्नेमा आफूहरूको जोड रहे पनि सरकारले छिमेकीलगायत मुलुकसँग गरेको सम्झौता जानकारी नै नहुने ओलीकाे भनाइ थियाे। भारतले विवादित बनाउन खोजेको सीमा, ईपीजी प्रतिवेदनलगायत विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका बेला कुनै टुंगाे लाग्न नसकेको ओलीकाे जिकिर थियाे।

नेपाली आवश्यकता र भावनाअनुसार न्यायोचित विषयमा प्रधानमन्त्रीको भारत भ्रमण कमजोर रहेको ओलीले बताए। रूस-युक्रेन युद्धमा नेपाल शान्तिकाे पक्षधर भएकाले तटस्थ बस्नुपर्ने ओलीले औँल्याए। ओलीले व्यक्तिगत र देशको इगोले गर्दा सार्क असक्त तथा निरीह भएर निष्प्रभावी हुन पुगेको टिप्पणी पनि गरे।

प्रकाशित: २० साउन २०८० १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 19 =