नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा एक पक्राउ

हिमाल प्रेस २० साउन २०८० ७:११
2
SHARE
नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा एक पक्राउ

धनुषा- धनुषाको सबैला नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा एक निजी विद्यालयका सञ्चालकसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबैला नगरपालिका ४ स्थित युनाइटेड इन्टरनेशनल एकेडेमी इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक शत्रुधन कापर र प्याप्सनका नगर अध्यक्ष खुशिलाल महतो पक्राउ परेका हुन्।

महतो क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका स्थायी बासिन्दा छन्।

उनी दुवै जना अहिले इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा छन्। नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा उजुरी परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

स्रोतका अनुसार नगरपालिकाको लेटरप्याड किर्ते गर्न सहयोग गरेका एक एक कम्प्युटर सेन्टरका सञ्चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २० साउन २०८० ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =