माओवादीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

हिमाल प्रेस १९ साउन २०८० ७:४६
6
SHARES
माओवादीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ।

गत बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको चौंथो पूर्ण बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभार शीर्षकको राजनीतिक एवम् संगठनात्मक प्रस्तावमाथि ७४ जना केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सकिएको छ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन्।

बिहीबार बसेको दोस्रो दिनको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटासहित ५६ जनाले आफ्नो धारणा राखेका छन्।

आज ११ बजेदेखि सुरु हुने तेस्रो दिनको बैठमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।
बैठक यहि साउन २१ गतेसम्म चल्नेछ ।

प्रकाशित: १९ साउन २०८० ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =