पत्रकार कुट्ने बझाङ संयोजकलाई रास्वपाले गर्‍यो फुकुवा

हिमाल प्रेस १९ साउन २०८० ६:२९
18
SHARES
पत्रकार कुट्ने बझाङ संयोजकलाई रास्वपाले गर्‍यो फुकुवा फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका बाझङ जिल्ला संयोजक नगेन्द्र खड्कामाथि निलम्बन फुकुवा गरेको छ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार कसेको केन्द्रीय समिति बैठकले खड्कामाथिको कारबाही फुकुवा गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए ।

यसअघि रास्वपाले पत्रकारमाथि हातपात गरेको समाचार बाहिरिएपछि खड्कलाई पार्टी सदस्यताबाट निलम्बन गरिएको थियो । त्यसमा उनी दोषी नदेखिएको भन्दै कारबाही फुकुवा गरिएको ढकालले बताए। तर रुपन्देशी जिल्ला सयोजक दामोदर खत्रीलाई भने तीन महिना पार्टीबाट निलम्बन गर्न निर्णय गरेको छ ।
। नियमावली पारित भएसँगै पार्टी हित विपरित कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको ढकालले जानकारी दिए ।

बैठकले पार्टी दस्तावेज तयार गर्नका लागि १७ जनाको टोलीलाई गाउँ पठाउने निर्णय गरेको छ । टोली १५ दिन जनता माझ गएर मतदाताको अपेक्षा बुझ्ने ढकालले जानकारी दिए।

प्रकाशित: १९ साउन २०८० ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 19 =