सुन प्रकरणमा मेरो कुनै संलग्नता छैन : कृष्णबहादुर महरा

हिमाल प्रेस १८ साउन २०८० १७:४२
32
SHARES
सुन प्रकरणमा मेरो कुनै संलग्नता छैन : कृष्णबहादुर महरा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन प्रकरणमा आफ्नो नाम जोड्नुमा राजनीतिक पूर्वाग्रह देखिएको बताएका छन्। बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकस्थलबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै महराले यस्तो बताएका हुन्।

सुन प्रकरणका विषयमा आफूले विज्ञप्ति जारी गरेको र सामाजिक सञ्जालमार्फत् पनि प्रष्ट पारिसकेको उनको भनाइ छ। उनले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै यसमा आफ्नो नाम जोड्नु राजनीतिक पूर्वाग्रह रहेको बताएका छन्।

उनले भने, ‘सुन प्रकरणका विषयमा मेरो विषयमा मैले प्रेस विज्ञप्ति जारी गरिसकेको छु। आज बिहान एउटा स्टाटस जारी गरेको छु। त्यसमा मेरो कुनै संलग्नता छैन। यसमा राजनीतिक पूर्वाग्रह देखिन्छ।’

प्रकाशित: १८ साउन २०८० १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =