यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

हिमाल प्रेस १८ साउन २०८० १६:३९
18
SHARES
यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

काठमाडौँ– सरकारले सार्वजनिक संस्थान समितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठित सार्वजनिक संस्थान समितिको म्याद दुई महिना थप्ने निर्णय गरेको हो।

यस्तै सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (करिब २ अर्ब ६२ करोड रुपैयाँ) बराबरको अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति गर्न सरकारले सिफारिस समिति गठन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: १८ साउन २०८० १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =