चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति गर्न सरकारले समिति बनाउने

हिमाल प्रेस १८ साउन २०८० १६:२६
8
SHARES
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति गर्न सरकारले समिति बनाउने फाइल तस्बिर।

काठमाडौँ- चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति गर्न सरकारले सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले सो निर्णय भएको जानकारी दिइन्।

‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गर्ने र सोही उपदफाको खण्ड (ग) बमोजिमको सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राडा लोचना श्रेष्ठलाई तोक्ने,’ निर्णयमा भनिएको छ।

वर्तमान उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकाल सकिन लाग्दा सरकारले नयाँ नियुक्तिका लागि प्रक्रिया सुरु गर्न लागेको हो।

प्रकाशित: १८ साउन २०८० १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =