वीरेन्द्रनगरमा लागुऔषधसहित एक जना पक्राउ

हिमाल प्रेस १८ साउन २०८० ११:३०
10
SHARES
वीरेन्द्रनगरमा लागुऔषधसहित एक जना पक्राउ सांकेतिक तस्बिर।

सुर्खेत– वीरेन्द्रनगरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका- २ बस्ने २४ वर्षका तिर्थ रावत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

कार्यालयबाट खटेको ४ जनाको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला नजिकैबाट उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनलाई शंकास्पद अवस्थामा देखेको र सोही क्रममा चेकजाचँ गर्दा उनको साथबाट नापतौल नगरेको १८ पुडिया लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको छ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =