आन्तरिक दबाबका कारण बैठक ‘लाइभ’को निर्णयबाट पछि हट्यो माओवादी

हिमाल प्रेस १७ साउन २०८० १०:१८
4
SHARES
आन्तरिक दबाबका कारण बैठक ‘लाइभ’को निर्णयबाट पछि हट्यो माओवादी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक ‘लाइभ’ नगर्ने भएको छ।

आज बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

यसअघि पदाधिकारीको बैठकबाट लाइभ गर्ने निर्णय गरेको थियो। तर दोस्रो स्तरका नेताले लाइभ गर्न नहुने बताएका थिए। माओवादी नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आन्तरिक कुरालाई लाइभ गर्न नहुने धारणा राखेका थिए।

उनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लाइभको विरोध गरेका थिए। अन्य नेताले समेत प्रचण्डको लाइभको निर्णयको विरोध गरेका थिए। आजबाट माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु हुँदैछ।

प्रकाशित: १७ साउन २०८० १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =