सकियो माओवादीको पदाधिकारी बैठक, प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुँदै

हिमाल प्रेस १७ साउन २०८० ९:३२
2
SHARE
सकियो माओवादीको पदाधिकारी बैठक, प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुँदै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठकपछि अहिले स्थायी कमिटीका नेताहरू छलफलमा जुटेका छन्।

पदाधिकारी बैठकले पारित गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि  स्थायी कमिटीले पारित गर्ने माओवादीका एक नेताले बताए।

प्रतिवेदन केही समयपछि सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेस हुने नेताहरूले बताएका छन्।

केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ।

प्रकाशित: १७ साउन २०८० ९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 1 =