माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेन्डा

हिमाल प्रेस १७ साउन २०८० ६:५२
8
SHARES
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेन्डा फाइल तस्बिर।

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बिहान ११ बजेबाट बैठक सुरु हुने भएको हो।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक उद्घाटन गर्ने छन्। बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरी त्यसमा छलफल हुनेछ।

केन्द्रीय कमिटी बैठकअघि पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी पदाधिकारी बैठक बस्दै छ। सो बैठकले केन्द्रीय कमिटीमा पेस हुने प्रतिवेदनको अन्तिम ठाँचा टुंगो लगाउने नेताहरूले बताएका छन्।

पदाधिकारीले प्रतिवेदन पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गरी सदस्यहरूको सुझाव र टिप्पणीपछि प्रतिवेदन अनुमोदन हुने छ।

बैठकमा ३ सय ८५ जना केन्द्रीय कमिटी सदस्य, १ सय ९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १ सय जना गरी जम्मा ७ सय ५८ सदस्यहरू सहभागी हुने बताइएको छ।

पाँच दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाही, मंसिरमा हुने विधान सम्मेलनको तयारीलगायत एजेन्डामाथि छलफल हुनेछ।

प्रकाशित: १७ साउन २०८० ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =