रनमाया र लोक जिले ल्याए सालैजो भाका ‘पैयूँ खोला शिरैमा’

हिमाल प्रेस १६ साउन २०८० १३:१९
10
SHARES
रनमाया र लोक जिले ल्याए सालैजो भाका ‘पैयूँ खोला शिरैमा’

काठमाडौँ- रनमाया गुरुङ र लोक जि मिजारको स्वरमा ‘पैयूँ खोला शिरैमा’ बोलको गीत सालैजो भाकामा सार्वजनिक भएको छ।

गीतमा गायिका रनमायाकै शब्द र संगीत छ। सालैजो भाका मगरहरु लाहुरे जाँदा गाईने मौलिक गीत हो।

गायक मिजारले संगीत संयोजन गरेको गीतको भिडियो निर्देशन पनि उनले नै गरेका छन्।

नुनुमाया गुरुङले कोरियोग्राफ गरेको भिडियोमा मिजारसहित सुजल गुरुङ, रीतिका खनाल र बितिशा सुनारले अभिनय गरेका छन्।

गीतको भिडियो ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

प्रकाशित: १६ साउन २०८० १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =