इटाली भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कंदै

हिमाल प्रेस १२ साउन २०८० ६:५७
6
SHARES
इटाली भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कंदै

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार (आज) स्वदेश फर्कंदै छन्। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन एक हप्ताअघि त्यहाँ गएका प्रचण्ड आज स्वदेश फर्किने तयारी रहेको उनको सचिवालयले जानकारी दिएको छ।

इटलीमा उक्त कार्यक्रममा सहभागी भएका प्रचण्डले‘युनाइटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गरेका थिए।

सो क्रममा उनले बंगलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्तासमेत गरेका थिए।

भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ : ०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने सचिवालयले जनाएको छ। विमानस्थलमा आयोजना हुने पत्रकार सम्मेलनमा उनले भ्रमणका उपलब्धीबारे जानकारी गराउने बताइएको छ।

भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत साथै प्रधानमन्त्री प्रचण्डको सचिवालय सदस्यहरू लगायतको सहभागिता छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =