‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ सार्वजनिक

हिमाल प्रेस ११ साउन २०८० १६:१८
14
SHARES
‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ सार्वजनिक

काठमाडौँ- फिल्म ‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ सार्वजनिक भएको छ। कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्मको गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत बाहिरिएको हो।

गीतमा अस्मिता अधिकारी र अशिष अविरलको स्वर रहेको छ। एकनारायण भण्डारीको शब्द रहेको गीतमा अशिष अविरलले संगीत भरेका छन्। गीतको भिडियोमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौलालगायत कलाकार देखिएका छन्।

‘कसम हजुरको’, ‘इन्साफ’, ‘के म तिम्रो साथी बन्न सक्छु’, ‘पलाँस’ फिल्मकी निर्माता कृषाले यस फिल्मबाट निर्देशनमा हात हालेकी हुन्। फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसााल, वर्षा राउत, कोसिस क्षेत्री, सुशील सिटौला, राजाराम पौडेल, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, सरिता गिरी, रविन्द्र झालगायत कलाकारको अभिनय छ। फिल्म भदौ १४ मा प्रदर्शनमा आउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + six =