महोत्तरीमा बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ

हिमाल प्रेस ११ साउन २०८० ८:२६
8
SHARES
महोत्तरीमा बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ सांकेतिक तस्बिर।

महोत्तरी– महोत्तरीको महोत्तरी गाउँपालिका-२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते १५ लाख लुटेको घटनामा साफी संलग्न थिए।

चार/पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए।

डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरू फरार भएका थिए। साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका-८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो।

लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ। चाँडै नै उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले जानकारी दिए।

प्रकाशित: ११ साउन २०८० ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =