महोत्तरीमा ४० हजार गाँजाको बिरुवा नष्ट

हिमाल प्रेस १३ पुष २०८० १२:३१
20
SHARES
महोत्तरीमा ४० हजार गाँजाको बिरुवा नष्ट फाइल तस्बिर

जलेश्वर- महोत्तरीको एकडारा गाउँपालिका-५ स्थित बहेडा गाउँमा रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहामा लगाइएको ती बिरुवा नष्ट गरेको हो।

कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाइछिपाइ गाँजा खेती गरिएको भन्ने सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताए।

प्रकाशित: १३ पुष २०८० १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =