कांग्रेसको अर्को बैठक असोज २ गते

हिमाल प्रेस १० साउन २०८० १९:५४
8
SHARES
कांग्रेसको अर्को बैठक असोज २ गते

काठमाडौँ- साउन २ गतेदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) सकिएको छ। अर्को बैठक असोज २ गते बस्ने निर्णय पनि कांग्रेसले गरेको छ। पार्टी विधानअनुसार हरेक दुई/दुई महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने हुन्छ।

तर यसपटकको बैठक पनि करिब १ वर्षपछि मात्रै बसेको थियो। सभापति देउवाले आज अर्को बैठक असोज २ गते बस्ने जानकारी दिएका हुन्।

बुधबार साँझ सकिएको बैठकले पार्टीको महासमिति बैठक मंसिर ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय पनि गरेको छ। कांग्रेसले पार्टीको १४औं महाधिवेशन हुँदा ०७८ मंसिरमा ६ महिनाभित्र नीति अधिवेशन गर्ने निर्णय भएको थियो तर उक्त अधिवेशन भने नहुने भएको छ।

त्यस्तै कांग्रेसले चुनावको समयमा कारबाहीमा परेका विभिन्न नेताहरूको कारबाही पनि फुकुवा गरेको छ।

प्रकाशित: १० साउन २०८० १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =