टाटा जेन्यून स्पेयर पार्ट्सको मूल्य घट्यो

हिमाल प्रेस ९ साउन २०८० १९:३७
4
SHARES
टाटा जेन्यून स्पेयर पार्ट्सको मूल्य घट्यो

काठमाडौँ- टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले कम्पनीका जेन्यून पार्ट्सको मूल्य घटाएको छ। अहिलेको प्रतिकुल परिस्थितिले ग्राहकमा पर्न गएको असरलाई दृष्टिगत गर्दै टाटा कमर्सियल गाडीको जेन्यून पार्ट्सको मूल्य घटाइएको कम्पनीले जानकारी दिएको छ।

अब ग्राहकले पहिलेको दाँजोमा कम मूल्यमा टाटा जेन्यून पार्ट्स पाउने कम्पनीले जानकारी दिएको छ। टाटा कमर्सियल गाडीका ग्राहकले गाडी चेकजाँच गर्दा सिप्रदीका वर्कशपहरूमा कम खर्चमा टाटा जेन्यून पार्ट्सको प्रयोगबाट गुणस्तरीय सर्भिसिङ लिन सक्ने कम्पनीको भनाइ छ। घटाइएको मूल्य यही साउनबाट नेपालभरका सिप्रदीका नेटवर्कमा लागू भइसकेको कम्पनीले बताएको छ।

प्रकाशित: ९ साउन २०८० १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =