नेक्सन इभी म्याक्स बजारमा

हिमाल प्रेस २८ वैशाख २०८० १२:५२
10
SHARES
नेक्सन इभी म्याक्स बजारमा

काठमाडौँ- टाटा मोटर्सले ‘नेक्सन इभी म्याक्स’ नेपाली बजारमा बिक्री सुरु गरेको छ। ७.२ किलोवाट चार्जिङको व्यवस्था भएको नेक्सन म्याक्सको सुरुवाती मूल्य ४६ लाख ४९ कायम गरिएको छ।

उच्च भोल्टेजको उच्चतम् जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तीन रंगमा उपलब्ध छ। त्यसै गरी स्ट्यान्डर्ड रंगको रुपमा डुअल टन बडी पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

४०.५ किलोवाट प्रतिघण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याकजडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्री भन्दा ३३ प्रतिशतले बढी छ। यस कारणले यो गाडीले फुल चार्जमा ४५३ किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ।

यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बित्तिकै २५० एनएम बराबरको टर्क पैदा गर्छ। यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ। जसले ६.५ घन्टामा पूरा चार्ज गर्छ।

सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी यसमा एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसनसहितको लेदरेट सिट रहेको छ।

नेक्सन म्याक्समा एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ जस्ता सुविधा भएको ज्वेवेल्ड सेन्ट्रल नबको व्यवस्था छ। नेक्सन इभी म्याक्स इको, सिटी र स्पोर्ट गरी तीनवटा मोडमा उपलब्ध छ।

यसमा सुरक्षाको निम्ति आईभीबीएसी सहितको इएसपी, हिल होल्ड, इलेक्ट्रोनिक पार्किङ ब्रेक र चारवटा डिस्क ब्रेक लगायतका विशेषता छन्। नेक्सन इभी म्यासको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिइएको छ।

टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले अत्याधुनिक जिपट्रन प्रविधियुक्त नेक्सन इभी म्याक्समा जस्तोसुकै मौसम र सडक अवस्थामा यात्रा गर्न सकिने बताए। उनले भने, ‘रेञ्ज, आराम र बनावट जस्ता दृष्टिकोणले पनि यो सर्वोत्कृष्ट गाडी हो।’

सिप्रदी ग्रुप अफ कम्पनीज‍्का अध्यक्ष सिद्धार्थशमशेर जबराले नेक्सन इभी म्याक्स नेपाली ग्राहकको बदलिँदो आवश्यकता एवं इच्छालाई परिपूति गर्ने एक नवीन सौगात भएको बताए।

प्रकाशित: २८ वैशाख २०८० १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =