प्रदेश खारेज गर्ने होइन, प्रदेशलाई काम गर्न सक्ने बनाउनुपर्छ : गगन थापा

हिमाल प्रेस ८ साउन २०८० १७:३४
8
SHARES
प्रदेश खारेज गर्ने होइन, प्रदेशलाई काम गर्न सक्ने बनाउनुपर्छ : गगन थापा

काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश खारेज गर्ने नभएर प्रदेशलाई काम गर्न सक्ने बनाउनुपर्ने बताएका छन्। साेमबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा उनले प्रदेश चाहिन्छ भन्नेगरी जानसक्नुपर्ने बताएका हुन्।

‘प्रदेश सरकार बनायौँ। काम गर्ने सक्ने बनाउनुपर्छ। प्रदेश चाहिन्छ भन्ने गरी जान सक्ने बनाउनुपर्छ,’ उनले भने, ‘कसैले प्रदेश किन चाहियो खारेज गर्नुपर्छ भनेको भरमा हुँदैन। नेपाली कांग्रेस भएन भने यो संविधान दुर्घटनामा जान्छ। अर्को १५ वर्ष खेर जान्छ भन्ने बुझाउनुपर्छ। सभापति शेरबहादुर देउवा गठबन्धनको प्रमुख नेता हुनुहुन्छ। हामी इमान्दारपूर्वक गठबन्धन अघि बढाएर जान्छौँ। तर यसका लागि केही कुराहरू बुझ्न जरुरी छ। कांग्रेसले गठबन्धनको नाममा सम्झौता गर्न हुँदैन।’

सम्झाैताका नाममा कुनै दलकाे अमूक कुरा पूरा गर्नकै लागि गठबन्धन भत्किए पनि फरक नपर्ने उनले बताए। ‘कुनै दलको अमुक कुरा पुरा गर्न कांग्रेसले नमान्दा गठबन्धन भत्किए भत्कोस्,’ उनले भने, ‘ हामीले सरकार चलाउनेमात्र कुरा हो र त्यो भन्दा ठूलो जिम्मेवारी छैन र? प्रदेश, संघ, स्थानीय तहमा हाम्रै साथीहरूले नेतृत्व गरेको सरकार छ। यसलाई चलायमान बनाउनुपर्नेछ।’

नेपाली कांग्रेसले २०८४ काे चुनावकाे कुरा छाडेर त्याेभन्दा अघिकाे ४ वर्षकाे जिम्मेवारी सरकारले लिनुपर्ने बताए। ‘२०८४ को कुरा छोडौँ हामी। यो चार वर्षको जिम्मा हामीले लिनुपर्छ। सुशासनका सन्दर्भमा हामीले नयाँ मानक बनाउनुपर्छ,’ थापाले भने, ‘नेपाली कांग्रेसले जो पायो त्यसलाई जिम्मेवारी दिँदैन भन्ने हुनुपर्छ। हाम्रो कारणले खुलेका स्वास्थ्य क्षेत्रहरू चलायमान हुनुपर्छ। शिक्षा र विकासको कुरा पनि ब्युँतिनु पर्छ।’

पछिल्लाे समय बैंकमा पैसा थन्किएकाे तर उद्याेग चलाउने सबैकाे हालत खराब भएकाे बताए। ‘बैंकमा पैसा छ। लोन लिन को जाने? भागाभाग छ। साना उद्योग तथा ठूलो उद्योग चलाउने सबैको हालत खराब छ,’ उनले भने, ‘यो बेलामा कांग्रेसले अर्थमन्त्रालयको नेतत्व गरेको छ। त्यसैले यो बेलामा सम्हालिएर चलायमान बनाउनुपर्‍यो।’

हाम्रा मन्त्री, मुख्यमन्त्री, नगर प्रमुख, पालिका प्रमुखलाई मेरो हरेक दिन परीक्षा भइरहेको छ भन्ने लाग्‍नुपर्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध उचाइमा पुर्‍याउनुपर्ने उनकाे भनाइ छ।

प्रकाशित: ८ साउन २०८० १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =