कांग्रेस बैठकमा अमृत अर्याल : पुस्तान्तरणको कुराले सभापति आत्तिनु भएन

हिमाल प्रेस ५ साउन २०८० १२:५८
20
SHARES
कांग्रेस बैठकमा अमृत अर्याल : पुस्तान्तरणको कुराले सभापति आत्तिनु भएन

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुराले सभापति आत्तिन नहुने बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको चौँथो दिनको बैठकमा बोल्दै उनले सभापति शेरबहादुर देउवा नै रुपान्तरण र पुस्तान्तरणको अभियान्ता भएको सम्झाएका हुन्।

‘विपीले किसुनजीलाई कार्यवाहक बनाउनुभयो। विपीको कार्यवाहक बन्न पाउनु गौरवको कुरा हो भनेर किसुनजीले भन्नुभयो। किसुनजीबाट गिरिजाबाबुमा नेतृत्व गयो। त्यसपछि ‘आरएसएस’ जन्मियो,’ अर्यालले भने, ‘आरएसएसमा रामचन्द्र पौडेल, शैलजा आचार्य र स्वयम् सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो । त्यसको लक्ष्य पनि रुपान्तरण र पुस्तान्तरण नै थियो।’

उनले त्यसपछि कांग्रेसमा ‘एकेजीवी’ जन्मिएको बताए। ‘एकेजीवी समूहमा अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोसी र विजय गच्छदार हुनुहुन्थ्यो । त्यसको लक्ष्य पनि पुस्तान्तरण र रुपान्तरण नै थियो,’ अर्यालले भने, ‘यसलाई नयाँ रूपमा र अस्वभाविक रूपमा लिनु हुँदैन ।’

उनले नेताहरू देशभर हिँडेर अभियान चलाइरहँदा वा शालिन रूपमा प्रस्तुत भएर नेतृत्वको दाबी गर्नु दुवै स्वभाविक भएको उनले बताए ।

‘शेखर कोइराला ७७ वटै जिल्लामा पाँच/सात पटक गइसक्नुभयो होला । एक किसिमको प्रभाव छोड्दै हुनुहुन्छ,’ अर्यालले भने, ‘अर्कातिर, केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री हुँदै उपसभापति हुनुभएका नेता पूर्णबहादुर खड्का चुपचाप शेरबहादुर दाइको पदचाप पच्छ्याउँदै हुनुहुन्छ । त्यसकारण रुपान्तरणको जिम्मा शेरबहादुर देउवाले नै लिनुपर्छ । शेरबहादुर दाइले विवेकपूर्ण निर्णय गर्नुहुनेछ । उहाँको विवेक र चातुर्यले काम गर्नेछ भन्ने लागेको छ मलाई ।’

प्रकाशित: ५ साउन २०८० १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 3 =