चितवन निकुञ्जमा तीन लाख पर्यटक

हिमाल प्रेस ४ साउन २०८० २०:५८
12
SHARES
चितवन निकुञ्जमा तीन लाख पर्यटक चितवनको सौराहामा रमाउँदै पर्यटक। तस्बिरः पर्यटन बोर्ड

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा २ लाख ९९ हजार ४ सय १२ पर्यटक भित्रिएका छन्। यो संख्या हालसम्मको सबैभन्दा बढी हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये २ लाख ५ हजार ६ सय ५ नेपाली, ५५ हजार ८ सय ७२ विदेशी र ३७ हजार ९ सय ३५ सार्क राष्ट्रका पर्यटक छन्।

गत आर्थिक वर्षमा पर्यापर्यटनबाट २२ करोड ९३ लाख ९५ हजार ९ सय ५० राजस्व संकलन भएको छ। आव २०७८/७९ मा एक लाख ९० हजार ४ सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए। यो आवमा ११ करोड ४९ लाख ९७ हजार ४ सय १३ राजस्व संकलन भएको थियो।

तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ देखि निकुञ्जमा पर्यटकको तथ्यांक राख्न थालिएको हो। त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्यांक छ। यसबाट १ लाख ४० हजार २ सय ९८ राजस्व संकलन भएको थियो। दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा २ हजार २ सय ६ पर्यटक निकुञ्ज भित्रिँदा  २ लाख १ हजार ४ सय २१ राजस्व प्राप्त भएको थियो।

प्रकाशित: ४ साउन २०८० २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =